होम » घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्यमा आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ६ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?