होम » सनाखतका लागि आयोग पुगे माधव नेपालसहितका नेताहरू

सनाखतका लागि आयोग पुगे माधव नेपालसहितका नेताहरू

by नागरिक टुडे

नयाँ पार्टी दर्ताका लागि  नेकपा एसमाजवादीका नेताहरू निर्वाचन आयोग पुगेका छन्। आयोगले  उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो।

एसमाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेता कार्यकर्ता केहीबेरअघि आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन्। केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ।

उनीहरूलाई सनाखत गर्नका लागि आयोग बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ। बुधबारै जनता समाजवादी पार्टीबाट फुटेका महन्थ ठाकुरले पनि नयाँ पार्टी दर्ताका लागि सनाखत गर्दैछन्।

यिनिहरू पढ्न छुटे की ?