होम » शेयर बजार राताम्मे, कारोबार रकममा पनि गिरावट

शेयर बजार राताम्मे, कारोबार रकममा पनि गिरावट

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार राताम्मे भएको छ । आज नेप्से ४८.४२ अंकले घटेर तीन हजार ७६ दशमलब ४५ विन्दुमा थामिएको छ ।त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएको छ । मंगलबार १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमा जीवन विकास लघुवित्त वित्तिय संस्था र आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ४२९.६० रुपैयाँले बढेर प्रतिकित्ता ४७२६.३० पुगेको छ  भने आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्य १०६.९० रुपैयाँले बढेर प्रतिकित्ता ११७६.८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३५७.३० रुपैयाँमा झरेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज ४८ करोड भन्दा बढीको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?