होम » पार्टी फुट्नबाट जोगाउन नसकेकोमा दुःखी छु : केपी ओली

पार्टी फुट्नबाट जोगाउन नसकेकोमा दुःखी छु : केपी ओली

by नागरिक टुडे

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता फुट्नबाट बचाउन नसकेकोमा दुखी रहेको बताउनु भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौँ कोशिस गर्दा पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताउनु भएको हो ।

‘मेरो समयमा पार्टी प्रमुख भएकाले मैले बचाउने कोशिस गर्दागर्दै पनि पार्टी बचाउन नसकेकोमा दुःखी छु’, उहाको भनाइ छ । उहाले आफुले पढाएका सवै विद्यार्थी डिस्टिङसन ल्याउन भन्ने भएपनि केही विद्यार्थी फेल हुन स्वभाविक भएको बताउनु भयो । ‘मैले पढाएका विद्यार्थी सय प्रतिशत ल्याउन भन्ने चाहान्छु तर कोही कोही फेल भए’, ओलीले माधव नेपाल समूहप्रति लक्षित गर्दै भन्नु भयो , ‘केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए ।’

यिनिहरू पढ्न छुटे की ?