होम » काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ देखि १३ गतेसम्म दिइने

काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ देखि १३ गतेसम्म दिइने

by नागरिक टुडे

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने भएको छ । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने उनले बताए । भदौ ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख खड्काको भनाइ छ । भदौ ४ गतेदेखि सुरु भएको भेरोसेलको पहिलो मात्रा आज र भोलि पनि खोप अभियान सञ्चालन हुने उनले बताए ।

यिनिहरू पढ्न छुटे की ?