होम » काँग्रेसमा लफडा : चाक्सीबारीमा पौडेल पक्षको बैठक, सानेपामा अनशन

काँग्रेसमा लफडा : चाक्सीबारीमा पौडेल पक्षको बैठक, सानेपामा अनशन

by नागरिक टुडे

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गर्दै छन् । बुधबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन गर्न लागेका हुन् । नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार मंगलबार पार्टी कार्यालयमा धर्ना दिएका उनीहरुले आजबाट रिले अनशन सुरु गर्न गर्दै छन् ।

आज नुवाकोटका जिल्ला सभापति केसी, धादिङका जिल्ला सभापति रमेश धमला र काभ्रेका जिल्ला सभापति मधु आचार्यले अनशन गर्दै छन् आफूहरुका माग सम्बोधन भएसम्म रिले अनशन जारी राख्ने केसीले बताए ।  उनका अनुसार भोलि अन्य तीन जिल्ला सभापतिले जिल्ला सभापति अनशन बस्ने छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार हुने प्रावधानमा एकरुपता ल्याउन लगायत उनीहरुको माग छ ।

उनीहरुको मागको सन्दर्भमा पौडेल पक्षीय शीर्ष नेताको बैठक बसिरहेको छ । क्रियाशील सदस्यताबारे भएको सहमति कार्यान्वयन, जिल्ला सभापतिहरूको माग लगायतका विषयमा पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल जारी छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गरिने छ । सबैले हेर्न पाउने गरी पार्टीको वेबसाइटमै नामावली सार्वजनिक गरिने उनको भनाइ छ ।

यिनिहरू पढ्न छुटे की ?