होम » एमाले सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा, १४ सांसदलाई कारबाहीको माग गर्दै

एमाले सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा, १४ सांसदलाई कारबाहीको माग गर्दै

by नागरिक टुडे

 नेकपा एमालेले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा पुगेका छन् । १४ जनालाई किन कारबाही नगरेको भनेर सोध्न आएको एमाले नेता रामबीर मानन्धरले बताए ।

सभामुखको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायत छन् । माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्र एमालेले संसद सचिवालयमा बुझाएको छ । तर अहिलेसम्म पनि सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले नेताहरुले दबाब दिंदै आएका छन् । यसअघि पनि एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेर दबाब दिएका थिए ।

यिनिहरू पढ्न छुटे की ?