होम » यी २० हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

यी २० हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको पहिलो कारोबारको दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ५५.८९ अंकले घटेर तीन हजार एक सय २५ दशमलब १ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २० कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज शेयरमूल्यमा नकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा सबै हाइड्रोपावर कम्पनी रहेका छन् ।

आज नेशनल हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रो डेभलपर्श, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र घलेम्दी हाइड्रोको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको  नेप्सेले जनाएको छ ।

त्यसैगरि, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रु रु जलविद्युत परियोजना, पञ्चकन्यामाई हाइड्रोपावर, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी कम्पनी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन उर्जा विकास कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यिनिहरू पढ्न छुटे की ?