होम » नेप्सेमा उच्च अंकको गिरावट, अधिकांश हाइड्रोपावरको शेयरमूल्यमा ‘पहिरो’

नेप्सेमा उच्च अंकको गिरावट, अधिकांश हाइड्रोपावरको शेयरमूल्यमा ‘पहिरो’

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको पहिलो कारोबारको दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ५५.८९ अंकले घटेर तीन हजार एक सय २५ दशमलब १ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका इन्स्योरेन्स समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमा गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्य बढेर १२८.२० रुपैयाँले बढेर प्रतिकित्ता १४१०.२० पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ३९०.६० रुपैयाँले बढेर प्रतिकित्ता ४२९६.७० पुगेको छ ।

त्यस्तै, आज धेरै जसो हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा ‘पहिरो’ जाँदा नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।

आज नेशनल हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रो डेभलपर्श, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र घलेमदी हाइड्रोको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको  नेप्सेले जनाएको छ ।

त्यसैगरि, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रु रु जलविद्युत परियोजना, पञ्चकन्यामाई हाइड्रोपावर, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी कम्पनी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन उर्जा विकास कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७५ करोड भन्दा बढीको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?