होम » डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्दै चीन
Police, security guards and volunteers at an entrance of a neighborhood placed under lockdown, after a resident recently tested positive for Covid-19, in Shanghai, China, on Saturday, Aug. 21, 2021. Shanghai added two confirmed local Covid-19 cases of staff who work in the overseas cargo aircraft operation area of Pudong airport, CCTV reported, citing Shanghai government presser. Photographer: Qilai Shen/Bloomberg

डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्दै चीन

by नागरिक टुडे

‘जिरो कोभिड एप्रोच’ लाई थप कडाइका साथ लागु गरेको चीनमा सोमबार शून्य स्थानीय सङ्क्रमण भेटिएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनाएको छ । गत जुलाई यता देशमा स्थानीय सङ्क्रमण फेला नपरेको यो पहिलो अवसर हो ।

गत जुलाई २० यता निकै सङ्क्रामक मानिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टको सङ्क्रमणबाट चीन ग्रस्त बनेको थियो । पूर्वी सहर नान्जिङमा विमानस्थलका सफाइ कर्मचारीमा पहिलोपटक यो भेरियन्ट पुष्टि भएको थियो । त्यसपछि चीनमा सन् २०२० यताकै खराब सङ्क्रमणको अवस्था देखिएको थियो । देशका ३१ प्रान्तमा १२ सयभन्दा बढीमा सङ्क्रमित फेला परेका थिए । यसमा मुख्य खतरा डेल्टा भेरियन्ट देखिएको थियो जसले चीनको ‘जिरो टोलरेन्स’ भाइरस नीतिलाई नै चुनौती दिएको थियो ।

स्थानीय अधिकारीहरूले लाखौँ जनतालाई कडा लकडाउनमा राख्नुका साथै ठूलो स्तरमा परीक्षण र ट्रेसिङ अभियान सुरु गरेको थियो । स्थानीय यात्रामा प्रतिबन्ध लगाइएको थियो । यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । पछिल्लो हप्ता एकल अङ्कमा नयाँ स्थानीय सङ्क्रमण देखिएकोमा सोमबार बाहिरबाट आएका २१ जनामा देखियो भने स्थानीय सङ्क्रमण शून्य रहेको थियो । त्यस्तै, बाहिरबाट आएका १६ जना लक्षणबिनाका सङ्क्रमित फेला परेका थिए । यदि यो ट्रेन्ड जारी रह्यो भने चीन ठूलो मात्राको डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने सीएनएनले जनाएको छ ।

 

यिनिहरू पढ्न छुटे की ?