होम » कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा

कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा

by नागरिक टुडे

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफैंले हेर्ने भएका छन् । मंगलबार पेशी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नैमा राखेका हुन् ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।

यिनिहरू पढ्न छुटे की ?