होम » कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

by नागरिक टुडे

संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भाैतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेकाे जानकारी दिए । ३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकाेले उनीहरूका लागि काेभिड दिन सकिने बताउँदै बिद्यार्थीलाई खाेप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए । सचिव थपलियाले अहिले भाैतिक रूपमै परीक्षा लिने वातावरण बनेकाे  बताउँदै स्वास्थ्य मन्त्रालयकाे सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए ।

 

यिनिहरू पढ्न छुटे की ?