होम » आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार एक सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज बढेर तोलामा १२०० कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?