होम » रौतहट घटनामा सीसी टीभी फुटेज मेटाउने प्रहरीको प्रयास

रौतहट घटनामा सीसी टीभी फुटेज मेटाउने प्रहरीको प्रयास

by नागरिक टुडे

पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर निर्दोषलाई फसाएको आरोप लागेको घटनामा प्रहरीले सीसी टीभी फुटेज मेटाउने प्रयास गरेको खुलेको छ । हालै सार्वजनिक भएको एक अडियो रेकर्डमा ‘सीसी टीभी भिडियो रहेछ, एउटा असई सा’बलाई ल्याएको छु, डिलिट गराउन’ भनिएको छ ।

रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै उनको मोटरसाइकलमा लागूऔषध राखिदिँदै गरेको सीसी टीभी फुटेज सार्वजनिक भएपछि प्रहरीले पत्रकारलाई फसाउन खोजेको आरोप लागेको छ ।

अडियो रेकर्डमा घुमुवा प्रहरी असई उदय यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ यसले घटनामा प्रहरीको बद्नियतलाई उजागर गरेको पत्रकारहरुले बताएका छन् ।

यिनिहरू पढ्न छुटे की ?