होम » मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता

by नागरिक टुडे

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो । गोलाप्रथाबाट गरिएको बाँडफाँटमा  कुल ३६ हजार ८ सय ५६ जनाले १०र१० कित्ताका दरले सेयर हात पारेका छन् भने  लक्की ३ जनाले ११र११ कित्ता सेयर पारेको विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ।

कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका लागि दिएको आवेदन सदर भएको थियो भने ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो।

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ निष्काशन गरेकोमा ५ हजार ४ सय ६९ कित्ता सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको र ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका  लागि निष्काशन गरेको थियो।

सेयर बाँडफाँडको नतिजा (रिजल्ट) बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिन्छ भने मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्टबाट समेत हेर्न सकिनेछ।

यिनिहरू पढ्न छुटे की ?