होम » तोलामा तीन सयले घट्यो सुनको मूल्य

तोलामा तीन सयले घट्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार चार सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भनेर स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११८० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?