होम » ओमानमा हुने सिरिजका लागि टोली घोषणा

ओमानमा हुने सिरिजका लागि टोली घोषणा

by नागरिक टुडे

नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम १७ सदस्य टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा तीव्र गतिका युवा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका हुन् । फागुनमा काठमाडौंमा भएको काठमाडौं मेयर्स कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्दै एपिएफविरुद्ध चार विकेट लिदै उत्कृष्ट प्रभाव छाडेका थिए । गुलशन तीव्र गति र बाउन्सरको कारण सबैले प्रभावित पारेका थिए ।

गुलशनसँगै तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावकर र रोहित कुमार पौडेलले पूनरागमन गरेका छन् । बन्द प्रशिक्षणमा रहेका साहब आलम र कमलसिंह ऐरी भने बाहिरिएका छन् । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा ओमान र अमेरिका सँग २–२ खेल खेल्ने छ । त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्ने निश्चित भएको छ । नेपाली टोली अगष्ट अन्तिम अर्थात भदौ दोस्रो साता ओमान भ्रमणमा निस्कनेछ ।

नेपालले पिएनजीसँग पहिलो ओडिआई खेल भदौ २० (सेप्टेम्बर पाँच) मा खेल्नेछ । दोस्रो ओडिआई भदौ २३ सेप्टेम्बर (आठ) मा खेल्नेछ । त्यसपछि टोलीले चार दिन विश्राम गर्नेछ । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म खेल्ने छ । खेल तालिका भने सार्वजनिक भएको छैन । नेपालले पिएनजीसँग ओडिआई अभ्यास खेल्दा ओमानले मुम्बईको टोलीसँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्ने छ ।

नेपालको टोली :

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल ।

यिनिहरू पढ्न छुटे की ?