होम » भदौ १६ देखि पोखरा–सिमरा सिधा उडान गर्दै वुद्ध एयर

भदौ १६ देखि पोखरा–सिमरा सिधा उडान गर्दै वुद्ध एयर

by नागरिक टुडे

यही भदौ १६ गतेदेखि वुद्ध एयरले पोखरा–सिमरा सिधा उडान सुरु गर्ने भएको छ । कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गरेको हो ।

सुरुमा साताको ३ दिन अर्थात आईतबार, बुधबार र शुक्रवार पोखरा–सिमरा सिधा उडान हुने छ । त्यसपछि यात्रुको मागअनुसार पोखराबाट सिमरामा दैनिक उडान भर्ने योजना कम्पनीले बताएको छ । कम्पनीले पोखराबाट सिमरा उडानको समय १२ः२० र सिमराबाट पोखराको उडान समय १३ः१५ तोकेको छ । यस उडानबाट दुवै प्रदेश तथा शहरका जनता लभान्वित हुने कम्पनीको भनाई छ । यसबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने वुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

उनका अनुसार सिमरा-वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन् । सिमरा-वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुध्द एयरको विश्वास रहेको छ । सिमरा-वीरगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने वुद्ध एयरले विज्ञप्तिमा जनाएको छ ।

वुद्ध एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ मा २ रात ३ दिनको प्याकेज दिने छ । यो प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ । बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।

 

यिनिहरू पढ्न छुटे की ?