होम » लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

by नागरिक टुडे

लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए । जब मेसीको तरिफ गरिँदै थियो तब उनले आफ्नो आँसु रोक्न सकिरहेका थिएनन् ।

त्यतिबेला उनकी श्रीमती एन्टोनेलाले उनलाई आँसु पुछ्नका लागि टिस्यू पेपर दिइन् । अब रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका यी टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिमा राखिएको छ । एक अज्ञात व्यक्तिले दाबी गरे अनुसार उनले प्रयोग गरेका टिस्यू जम्मा गरिएको छ र यी टिस्यूका लागि महँदो दरमा बिक्रीका लागि अनलाइन विज्ञापन दिइएको छ ।

मेकेडुयो नामका एक व्यक्तिले मेसीले प्रयोग गरेको टिस्यू बेचिरहेका छन् । यी व्यक्तिको दाबी अनुसार यसमा मेसीको जेनेटिक पनि समावेश छ जसले मानिसहरुलाई फुटबल खिलाडीको क्लोन बनाउनका लागि अनुमति दिनेछन् ।  ३४ वर्षका यी खिलाडीले २१ वर्ष बार्सिलोनासँग बिताएपछि यसबाट बिदा भएका छन् । अब उनी आफ्नो नयाँ टिम पेरिस सेन्ट–जर्मेनका लागि खेल्नेछन् ।

लियोनेल मेसी ६७२ गोलसहित बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खिलाडी हुन् । उनले बार्सिलोना क्लबसँग ७७८ खेल खेले, जुन एक रेकर्ड हो । उनी ५२० म्याचमा ४७४ गोलसहित स्पेनिश लीगमा पनि शीर्ष स्कोरर हुन् । बार्सिलोना छोडेपछि लियोनल मेसीले उनी अर्को एउटा च्याम्पियन्स लीग ट्रफी जित्नका लागि सही स्थानमा पुगेका छन् र उनले पेरिस सेन्ट जर्मेनसँगग जोड्ने एक महत्वपूर्ण कारण नेमारसँग मिलेर खेल्ने बताए ।

यिनिहरू पढ्न छुटे की ?