होम » दोहोरो अंकले घट्यो नेप्से, २० अर्ब ४९ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, २० अर्ब ४९ करोडको कारोबार

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.१७ अंकले घटेर तीन हजार एक सय ८० दशमलब ८६ विन्दुमा थामिएको छ । त्यस्तै, आज २० अर्ब ४९ करोड ९२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९०६.१० रुपैयाँ पुगेको छ ।

त्यस्तै, हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको आज एक अर्ब १६ करोड भन्दा बढीको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?