होम » रुरू जलविद्युतद्वारा आकर्षक नगद लाभांशसहित बोनस सेयर वितरणको घोषणा

रुरू जलविद्युतद्वारा आकर्षक नगद लाभांशसहित बोनस सेयर वितरणको घोषणा

by नागरिक टुडे

रुरू जलविद्युत परियोजना लिमिटेडले आकर्षक नगद लाभांशसहित बोनस सेयरको घोषणा गरेको छ । गत मंगलबार बसेको परियोजनाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ र ७७/७८ का लागि कम्पनीको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी,आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो  उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।

यिनिहरू पढ्न छुटे की ?