होम » राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

by नागरिक टुडे

राष्ट्रपति विद्यादेवी भण्डारीले  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको जानकारी दिए ।
‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।

यिनिहरू पढ्न छुटे की ?