होम » बढ्यो सुनको भाउ : आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ : आज कतिमा हुँदैछ कारोबार ?

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा दुई सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ७०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

यिनिहरू पढ्न छुटे की ?