होम » घरको यो ठाउँमा नराख्नुहोस् ऐना : अशुभ हुन्छ !

घरको यो ठाउँमा नराख्नुहोस् ऐना : अशुभ हुन्छ !

by नागरिक टुडे

वास्तु शास्त्रमा ऐनालाई महत्वका साथ हेरिएको छ । सान्यतया सबैको घरमा ऐना राखिएको पाइन्छ । वास्तु शास्त्रमा ऐना घरमा कसरी ,कहाँ राख्ने , कुनदिशामा राख्ने, कस्ता आकारका ऐना राख्ने भन्ने केहि नियमहरु रहेका छन् । सहि ठाउँमा राखेको ऐनाले वास्तु दोष हटाउँने ,घर परिवारमा आर्थिक सम्पन्ता र खुसियाली ल्याउँने शत्रुको नाँस गर्ने गर्दछ भने गलत ठाउँमा राखेको ऐनाले घरमा नकारात्मक उर्जालाइ बढाउँने, स्वास्थ्य समस्या, आर्थिक शंकट र घर परिवारमा झैझगडा बढाउँन सक्छ । त्यसैले वास्तुको नियमलाई पालना गर्न आवश्यक हुन्छ ।

वास्तु शास्त्रका अनुसार ऐनालाई घरको बेडरुममा ऐना राख्नु हुदैन, यदि राख्नै परेमा ऐनालाइ बिस्तराको सामुन्य राख्नु हुदैन । वास्तु शास्त्रका अनुसार ऐना घरको उत्तर,पुर्व र पश्चिम दिशामा राख्नुपर्छ । यसले घरमा गोलो आकारको ऐना राख्नु हुदैन । धनसम्पती राख्ने दराजमा ऐना राख्दा त्यसले धनलाई बढाउँने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

यसैगरी अहिलेको समयमा घरको सजावटका लागि बिभिन्न सजावटका सामानहरु,तस्विरहरु घरमा लगाउने गरिन्छ । तर वास्तु नियम अनुसार घरमा के कस्ता तस्विरहरु राख्ने र कुन दिसामा कस्ता तस्विरहरु राख्ने भन्ने केहि नियमहरु रहेका छन । उक्त नियमको पालना गर्दा घरमा धनसम्पति र खुसियाली आउँछ भने, नगर्दा चाहि घरमा बिभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । वास्तु शास्त्रका अनुसार घरको पुर्वी भित्तातिर उदाउँदै गरेको सुर्यको तस्विर लगायउनु उचित मानिन्छ । यसले घरमा सकारात्मक उर्जा बढाईरहन मदत गर्दछ ।

घरको पुर्व तिर या दक्षिणतिर सात ओटा दौडी रहेका घोडाको तस्विर लगाउँनु राम्रो मानिन्छ । यसले घरमा यसले जिवनमा निरन्तर सफलता प्राप्त गर्न सहयोग गर्दछ । घरको दक्षिण दिशातर्फ पहाड उचालेको हनुमानको तस्विर लगाउँनु पर्छ जसले गर्दा घरका सदस्यहरुमा आत्माबल बढाउँनुका साथै चर्चा,परिचर्चा कमाउँन सहयोग गर्दछ ।

वास्तु शास्त्रका अनुसार घरको पुर्व दिशातिर हाफ्ना पुर्वजहरुको तस्विर लगाउँनु पर्छ , जसले गर्दा पितृ देवताको आर्शिवाद मिलिरहन्छ भने घरको अन्य दिशामा यस्ता तस्विर लगाउँनु हुदैन र पुजा गर्ने ठाउँमा पितृको तस्विर राख्नु हुदैन । घरको पश्चिम दिशामा प्राकृतिक हराभरा भएको तस्विर लगाउँनु पर्छ, जसको सकारात्मक उर्जा घरमा परिहन्छ ।वास्तु शास्त्रका अनुसार घरको उत्तर दिशा तिर धनका देवता कुवेरको तस्विर लगाउँनु पर्छ , यसले घरमा आर्थिक शंकट आउँनबाट रोक्दछ।

यिनिहरू पढ्न छुटे की ?