होम » कोरोना संक्रमणबाट एकैदिन ४२ जनाको मृत्यु

कोरोना संक्रमणबाट एकैदिन ४२ जनाको मृत्यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन् ।

११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा  २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा   ७९० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने  २१ सय ४ जना निको भएर फर्किएका छन् ।

यिनिहरू पढ्न छुटे की ?