होम » सल्यानमा निषेधाज्ञा खुकुलो जताततै भीड ,टोलैभरि थपिए बिरामी

सल्यानमा निषेधाज्ञा खुकुलो जताततै भीड ,टोलैभरि थपिए बिरामी

by नागरिक टुडे

सल्यानमा निषेधाज्ञा खुकुल्लो भएसँगै कोरोना संक्रमणको जोखिम बढेको छ । स्वास्थ्य सावधानीमा गरिएको बेवास्ताका कारण संक्रमण घरघरमा फैलिरहेको छ । तर स्थानीय सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन ।

सल्यानको दार्मा गाउँपालिकाले केही दिन पहिले गाउँमै गएर १६ जनामा एन्टिजेन परीक्षण गर्‍यो । एउटै टोलमा गरिएको परीक्षणमा १० जनामा कोरोना पोजेटिभ देखियो । दार्मा गाउँपालिकासँगै अहिले सल्यानका अन्य गाउँमा पनि कोरोनासित मिल्दोजुल्दो लक्षण भएका बिरामी घरैपिच्छे छन् । तर स्थानीय तहले परीक्षणलाई ध्यान नदिँदा जिल्लाका पहाडी बस्तीमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ। जिल्ला अस्पालमा सल्यानमा समेत अहिले  शंकास्पद बिरामीलाई मात्र कोरोना परीक्षण गर्ने गरिएको छ ।

बैंक, खोप केन्द्र र सरकारी कार्यलयमा बढेको भीडले जिल्लामा संक्रमण फैलिँने जोखिम बढेको छ । सल्यानमा दुई सातायता गरिएको स्वास्थ्य परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । यो बीचमा एक जनाको मृत्यु भएको छ। निषेधाज्ञा खुकुलो गरिएसँगै स्वास्थ्य सतर्कता अपाउन आग्रह गरिएको थियो । तर सबैतिर सावधानीमा बेवास्ता हुँदा संक्रमण बढेको छ ।  परीक्षणको दायरा बढाएमा घरमा घरमा संक्रमित भेटिने अवस्था छ । तर सल्यानमा कुनै पनि निकायले परीक्षणको दायरालाई तीव्र बनाउन सकेका छैनन् ।  ग्रामीण क्षेत्रमा संक्रमितको उपचारको व्यवस्था नहुँदा अधिकांश संक्रमित होम आइसोलेसनमा बस्नुपरेको छ । सल्यानमा अहिलेसम्म ६ हजार १ सय ४१ जनामा गरिएको परीक्षणमा २ हजार २ सय १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये ५३ जनाको मत्यु भएको छ ।

यिनिहरू पढ्न छुटे की ?