होम » निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

by नागरिक टुडे
नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको निधन भएको छ । मंगलवार विहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनको कोरोनाका कारण निधन भएको हो । राना उमेरले ६० को आसपास थिए । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । उनका दुवै सन्तान अमेरिकामा बस्दै आएका छन् ।
आफ्नो करिअरमा कयौं सुपरहिट फिल्म खिचेका उनले फिल्म ‘माइली’ को निर्माण समेत गरेका थिए । ‘सम्झना, बरमाला, राज्य, निशाना, लाल सलाम, लभ कुश’ लगायतका फिल्ममा उनको छायांंकन छ । चलचित्र विकास कम्पनी बालाजुका सञ्चालक समेत रहेका रानाले फिल्म ‘माया प्रीति’ को ‘मान्छे पुग्यो जूनमा’ गीतमा अभिनेता रवीन्द्र खड्कासँग एकसाथ अभिनय पनि गरेका थिए ।
उनका छोरा बुधवार नेपाल आउँदैछन् । सोही बिहान ९ बजे रानाको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष खड्काले बताए । उनको निधनप्रति फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् । भीम रानासहित यसै वर्ष नेपाली फिल्म क्षेत्रले थप तीन छायाँकार वैकुण्ठ मास्के, जावेद शाह र रामशंकर प्रधानलाई गुमाएको छ

यिनिहरू पढ्न छुटे की ?