होम » जग्गा सट्टपट्टा गर्ने ओेली सरकारको निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

जग्गा सट्टपट्टा गर्ने ओेली सरकारको निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

by नागरिक टुडे

संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले ओली सरकरले झापाको गिरी बन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न गरेको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको समिति सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन ।  तत्कालिन एमाले अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले २०७८ साल बैशाख १३ गते झापाको गिरीबन्धु टिस्टेटको ३४३ विगाह जग्गा सट्टापट्टा गर्न स्वीकृति दिएको थियो ।समितिको बैठकले मन्त्रिपरिषदको उक्त निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय कार्यन्वयन नगर्न नगराउन निर्देशन दिएको हो ।

 त्यस्तै मंगलबारको बैठकले भूमिसम्बन्धी ऐन २०२१ अनुसार देशभर कुनकुन कम्पनी र फर्मको नाममा कुनकुन प्रदेश र स्थानीय तहमा हदवन्दी भन्दा बढि जमिन छ त्यसको विवरण बुझाउन पनि भुमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।‘हदबन्दी भन्दा बढि जग्गा सरकारी स्वामित्वको जग्गा हो, त्यसको संरक्षण गर्न ऐन बनाउन तीन महिनाभित्र आवश्यक मस्यौदा बनाएर समितिमा पेश गर्न निर्देशन दिएको छ’, सभापति सुवेदीले भनिन् ।त्यस्तै समितिको बैठकमा सांसदहरुले भूमाफियाको चलखेलमा मन्त्रिपरिषद बैठकले टिस्टेटवाला निर्णय गरेको भन्दै तत्काल यो प्रक्रिया रोक्न माग गरेका थिए ।

बैठकमा सांसदहरु राजबहादुर बुढा, शक्ति बस्नेत, घनश्याम दाहाल, भवानी प्रसाद खापुङ, दल बहदुर राना, सितादेवी यादवलगायतले ओली सरकारले भुमाफियाको इशारमा उक्त निर्णय गरेको भन्दै विरोध गरेका थिए ।

यिनिहरू पढ्न छुटे की ?