होम » आखिर ओलीकै बाटोमा देउवाको यात्रा सुरु, जारी भयो २० प्रतिशत सङ्ख्या पुर्‍याएर दल विभाजन गर्न मिल्ने अध्यादेश

आखिर ओलीकै बाटोमा देउवाको यात्रा सुरु, जारी भयो २० प्रतिशत सङ्ख्या पुर्‍याएर दल विभाजन गर्न मिल्ने अध्यादेश

by नागरिक टुडे

अन्ततः पूर्ववर्ती केपी ओली सरकारकै पदचाप पहिल्याउँदै शेर बहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । जारी भएको नयाँ अध्यादेश अनुसार अब कुनै राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएर दल विभाजन गर्न सकिन्छ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल कसैले दल विभाजन गर्न चाहेमा त्यसका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने व्यवस्था गरिएको थियो । ऐनमा भएको सो व्यवस्थालाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

यसरी आफ्नो दल विभाजनको उद्देश्य सहित सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको प्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ । एमाले स्थायी कमिटीको मङ्गलवार बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारको कदम निन्दनीय र अस्वीकार्य जनाएको छ । एमालेले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । आफ्ना कार्यकर्तालाई एमाले एकताको पक्षमा लाग्न समेत आह्वान गरेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले ल्याएको यस्तै खालको अध्यादेशको हाल सत्तामा रहेका दलहरूले कडा विरोध गरेका थिए।

यिनिहरू पढ्न छुटे की ?