होम » अफगानिस्तान द्वन्द्वः के राष्ट्रनिर्माणका लागि गरिएको दुई दशकको लगानी खेर गएको हो?

अफगानिस्तान द्वन्द्वः के राष्ट्रनिर्माणका लागि गरिएको दुई दशकको लगानी खेर गएको हो?

by नागरिक टुडे

सन् २००१ मा अमेरिकाको नेतृत्वमा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले अफगानिस्तानमा आक्रमण गरेपश्चात् दुई दशकसम्म त्यहाँ खासगरी पश्चिमा देशहरूले स्वास्थ्य, शिक्षा तथा राष्ट्र निर्माणका प्रयासका लागि धेरै साधनस्रोत खर्च गरेका थिए।

तर अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेपछि त्यहाँ तालिबानको पुनरागमन यति तीव्र गतिमा भयो कि सबै अमेरिकी सैनिक फर्किन बाँकी छँदै उक्त लडाकु समूहले काबुलको सत्ता कब्जा गर्न भ्याइसक्यो। यस्तो कसरी भयो त? यो प्रश्न अहिले धेरैको मनमा उठिरहेको छ। सन् २००६/०७ ताका नेपालका राजनीतिशास्त्री हरि शर्मा काबुल खटिएका थिए। उनी त्यहाँ राष्ट्रपति कार्यालयको सचिवालयसम्बन्धी नीति अनि संरचना निर्माण, त्यस्तै मन्त्रिपरिषद् सञ्चालनका नीतिनियम निर्माणमा सघाउन त्यहाँ पुगेका थिए।

यति छिटै अफगानिस्तानमा गरिएका राष्ट्र निर्माणका प्रयासहरू व्यर्थ भएको देखिनुका पछाडि कस्ता कारणहरू होलान् भनेर उनले बीबीसी न्यूज नेपालीसँग कुराकानी गरेका छन्।

यिनिहरू पढ्न छुटे की ?