होम » मेगा बैंकको एकैसाथ ५ वटा नयाँ शाखाहरु विस्तार

मेगा बैंकको एकैसाथ ५ वटा नयाँ शाखाहरु विस्तार

by नागरिक टुडे

मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरका, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।

यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।

यिनिहरू पढ्न छुटे की ?