होम » तोलामा एक हजारले बढ्यो सुनको मूल्य

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?