होम » तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा १० प्रतिशतले बृद्धि भएको हो ।

यस अवधिमा खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ४१८ रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य २४२.५ रुपैयाँले बढेर प्रतिकित्ता २६६८ रुपैयाँ र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७७.७० रुपैयाँले बढेर प्रतिकित्ता ८५४.७० रुपैयाँ पुगेको छ ।  त्यस्तै, यो समाचार तयार पार्दासम्म नेप्सेमा २५ अंकको गिरावट आएको छ भने साढे चार अर्बको कारोबार भइसकेको छ ।

यिनिहरू पढ्न छुटे की ?