होम » मेस्सीलाई फाब्रिगासले दिए यस्तो चेतावनी

मेस्सीलाई फाब्रिगासले दिए यस्तो चेतावनी

by नागरिक टुडे

मोनाकोका मिडफिल्डर सेस फाब्रिगासले लिग वानलाई पेरिस सेन्ट जर्माइन (पिएसजी) को वर्चश्व रहेको लिग नठान्न मेस्सीलाई चेतावनी दिएका छन् । यसपटकको लिग वान दौड जो कोहीले अपेक्षा गरेभन्दा कठिन हुने उनले बताए । मेस्सीले पिएसजीसँग सम्झौता गरेपछि फाब्रिगासको यस्तो प्रतिक्रिया आएको हो । कुनै समय फाब्रिगास र मेस्सी एकसाथ बार्सिलोनाबाट खेल्थे । उनीहरु बाल्यकालदेखिकै साथी हुन् । दुबैले बाल्यकालमा बार्सिलोनाको युथ टिमबाट एकसाथ खेलेका थिए ।

यसपटकको लिगमा पिएसजी निकै दबाबमा रहने फाब्रिगासले बताए । ‘जब पिएजीले लिग जित्दैन, तब सबैले यसलाई विध्वंशका रुपमा हेर्नेछन् किनकि उनीहरुले धेरै रकम खन्याएका छन्’ फाब्रिगासले भने,‘सबैले यसलाई एक टिमको वचश्र्व रहेको लिगका रुपमा हेरेका छन् । तर पछिल्लो पाँच वर्षका पिएसजीले तीनपटक लिग जित्दा मोनाको र लिल्लेले पनि एक–एकपटक जितेका छन् । यो प्रतिस्पर्धात्मक लिग हो, मानिसहरुले सोचेजस्तो सहज छैन । यो निकै अक्रामक, तिव्र र बलिया खेलाडीहरु भएको लिग हो । उनीहरु राम्रो रक्षा पनि गर्छन् ।’

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले सही खेलाडीलाई सही समयमा मैदान उतार्ने पनि उनले विश्वास व्यक्त गरे । ‘म ढुक्क छु, पोचेनिटन्होले उत्कृष्ट टोली रोज्छन्, उनलाई थाहा छ कि जित्नुपर्ने निकै ठूलो दबाब  छ । जब तपाई सुपर टिम बनाउनुहुन्छ । तब दबाब हुन्छ । किनकी उनीहरुले च्याम्पियन्स लिग जित्न चाहेको स्पष्ट छ ।’

फाब्रिगासले थपे, ‘लियोनल मेस्सभन्दा राम्रो कोही छैन । सर्जियो रामोसभन्दा राम्रो डिफेन्डर कोही हुन सक्दैन । जर्जिनियो विज्नाल्डुम विश्वका उत्कृष्ट फिडफिल्डरमध्ये एक हुन् । अकरफ हाकिमी युरोपकै उत्कृष्ट राईट–ब्याक हुन् ।’ फाब्रिगास २०१९ देखि मोनाकोबाट खेलिरहेका छन् । उनले यस सिजनको लिगमा मोनाकोले पिएसजीले, लिल्ले, मार्सेली र लियोनको चुनौती सामना गर्ने बताए ।

यिनिहरू पढ्न छुटे की ?