होम » बैंकबाट रेमिट्यान्स पठाउनेलाई मौद्रिक नीतिमा नयाँ अफर

बैंकबाट रेमिट्यान्स पठाउनेलाई मौद्रिक नीतिमा नयाँ अफर

by नागरिक टुडे

बैंकिङ प्रणालीबाट विप्रेषण भित्र्याउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपाली विदेशमा विप्रेषण बैंकिङ प्रणाली मार्फत भित्र्याउन र वचत गर्न प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत विन्दू थप पाउने ब्याज दिने उल्लेख गरिएको छ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत, ७ प्रतिशत यथावत राखिएको छ । वाणिज्य बैंकबाहेक राष्ट्रिय स्तरका विकास बैंक र वित्तीय संस्थाको चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । कृषि र उर्जा क्षेत्रको विकासका लागि कृषि र ऊर्जासम्बन्धी ऋणपत्रको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

यिनिहरू पढ्न छुटे की ?