होम » नेप्सेमा ३६ लाख ४२ हजार कित्ता शेयर सूचीकृत

नेप्सेमा ३६ लाख ४२ हजार कित्ता शेयर सूचीकृत

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार शुक्रबार नबिल बैंक लिमिटेडको शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो । अब युनाइटेड फाइनान्सका शेयरधनीहरूको शेयर नबिल बैंकको नामबाट खातामा देखिनेछ ।

यिनिहरू पढ्न छुटे की ?