होम » दोलखाको वोच प्रहरी चौकीमा आगलागी

दोलखाको वोच प्रहरी चौकीमा आगलागी

by नागरिक टुडे

दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो ।   आगलागीबाट  टहरा सहित केही हतियार समेत जलेर  पूर्ण नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए । भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यिनिहरू पढ्न छुटे की ?