होम » बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । बुधबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ९ सय ५० रहेको छ ।   त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?