होम » राज कुन्द्रा विरुद्ध झनै आक्रामक, सार्वजनिक गरिनन् पुराना तस्बिर

राज कुन्द्रा विरुद्ध झनै आक्रामक, सार्वजनिक गरिनन् पुराना तस्बिर

by नागरिक टुडे

राज कुन्द्राले आफूलाई एडल्ट फिल्मको व्यापारमा धकेलेको गम्भीर आरोप लगाएकी शर्लिन चोपडा पछिल्लो दिनमा धेरै नै आक्रामक बनेकी छिन् । उनले हालसालै सन् २०१९ मार्च २९ का दिन आफ्नो पहिलो कन्टेन्ट सुट गर्दाको तस्बिर सार्वजनिक गरेर कुन्द्राले त्यस्तो व्यापारमा प्रवेश गराएको थप आरोप लगाएकी हुन् ।   अहिले राज कुन्द्रा पुलिस हिरासतमा नै छन् । र, अगस्ट २० तारिक भन्दा अगाडी उनले माग गरेको जमानतबारे पनि कुनै सुनुवाइ नहुने भएको छ । मुम्बई पुलिसले कुन्द्रा बेलायती नागरिक भएका कारण भाग्न सक्ने सम्भावना रहेको दाबी गरेपछि उनलाई धरौटीमा छोड्न समेत हिचकिचाइरहेको छ ।

चोपडाले आम्स प्राइम मिडिया मार्फत आफ्नो द शर्लिन चोपडा एपको पहिलो भिडियो सुट गराएको बेला सन २०१९ मा आफू कस्तो अवस्थामा थिए भन्ने देखाएकी थिइन् । त्यस बेला राजको कम्पनीसँग सम्झौता गरेर काम गरेकी चोपडाले सम्झौता अवधि समाप्त हुनेवित्तिकै कुन्द्रा विरुद्ध उजुरी दर्ता गराएकी हुन् ।  उनले ट्विटरमार्फत सार्वजनिक गरेको पछिल्लो तस्बिरमा शर्लिन टफ बिकिनी पहिरन लगाएकी छिन् । उनको छेउमा राज कुन्द्रा दुई औलाको भिक्ट्रिसाइन पोजसाथ बसेका छन् भने अर्कोतर्फ बसेका व्यक्तिले नमस्ते गरेका छन् ।

शर्लिनले त्यस बेला आफू नयाँ आशा र जोशको माहोलमा रहेको उल्लेख गरेकी छिन् । अहिले आएर शर्लिनले त्यो सुट गर्नुभन्दा दुई दिन अघि मार्च २७ तारिकमा राज आफ्नो घरमा आएको र आफूमाथि जबरजस्ती गर्न खोजेको समेत बताएकी छिन् । शर्लिनले पछि आम्स प्राइमसँग सम्झौता नवीकरण गरिनन् । किनभने उनी राजसँग आफ्नो कमाइको आधा हिस्सा बढ्न तयार रहिनन् । र, सो एपमा रहेका आफ्ना तस्बिर तथा भिडियोहरू हटाउन आग्रह गरिन् । सोही आग्रह नमान्दा अहिले शर्लिनको उजुरीका कारण राज जेलमा पुगेका छन् ।

यिनिहरू पढ्न छुटे की ?