होम » दोहोरो अंकले बढ्यो शेयर बजार, १७ अर्ब ५१ करोडको कारोबार

दोहोरो अंकले बढ्यो शेयर बजार, १७ अर्ब ५१ करोडको कारोबार

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १६.३२ अंकले बढेर तीन हजार एक सय ७८ दशमलब ९१ विन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार आज कारोबार रकममा पनि बृद्धि भएको छ । १७ अर्ब ५१ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १५ अर्ब ४५ करोड ५९ लाख बराबरको कारोबार भएको थियो ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा महालक्ष्मी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

त्यस्तै, पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६२ करोडको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?