होम » आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

by नागरिक टुडे

आज बिहीबारदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । नोवेल  कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा  सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन ।  निर्माण सामग्री ढुवानीका लागि भने  राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ । पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । पछिल्लो समय पुन: काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेको छ ।

यिनिहरू पढ्न छुटे की ?