होम » अमेरिकामा एकैदिन १ लाख ४३ हजारमा संक्रमण पुष्टि, भारतमा संक्रमित र मृत्युदर बढ्यो

अमेरिकामा एकैदिन १ लाख ४३ हजारमा संक्रमण पुष्टि, भारतमा संक्रमित र मृत्युदर बढ्यो

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख  ४३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७० लाख ५५ हजार ९१६ पुगेको छ ।  वल्डोमिटरको तथ्याङ्क अनुसार धेरै कोरोना संक्रमित हुने देशको पहिलो नम्बरमा अमेरिका रहेको छ भने दोस्रो नम्बरमा भारत रहेको छ ।

अमेरिकामा एकैदिन ६१४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको  संख्या ६ लाख ३५ हजार २१९ पुगेको छ ।  यस्तै अमेरिकामा एकैदिन ३६ हजार ७५  जना कोरोना मुक्त भएका छन् । यो सँगै अमेरिकामा कोरोना मुक्त हुनेको संख्या ३ करोड ५ हजार नाघेको छ ।

यता भारतमा हिजो एकैदिन ४३ हजार ४१४  नँया संक्रमित थपिएका छन् । भारतमा कुल कोरोना संक्रमितको संख्या ३ करोड २० लाख  ७६  हजार नाघेको छ ।  यस्तै भारतमा एकैदिन ५१९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा कुल ४ लाख २९ हजार ७०२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  भारतमा हिजो ४१  हजार ९८५ भन्दा बढी कोरोना मुक्त भएका छन्। भारतमा हाल ३  लाख ९४ हजार संक्रिय संक्रमित रहेका छन् ।

 

यिनिहरू पढ्न छुटे की ?