होम » कुलमानले बुझे नियुक्तिपत्र, कार्यकारी निर्देशकमा पदबहाली गर्दै

कुलमानले बुझे नियुक्तिपत्र, कार्यकारी निर्देशकमा पदबहाली गर्दै

by नागरिक टुडे

कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे ।

२०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका हुन् । २०७३ सालमा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले यसअघिको कार्यकालमा देशलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।

यिनिहरू पढ्न छुटे की ?