होम » मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने

मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने

by नागरिक टुडे

लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ । फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् । त्यसपछि उनको मेडिकल चेकजाँच हुनेछ । र, उनले दुई वर्षे सम्झौता गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछ ।

यिनिहरू पढ्न छुटे की ?