होम » तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले उकालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से २१ अंकले बढेको छ धने साढे चार अर्बको कारोबार भइसकेको छ ।

नेप्सेका अनुसार यस अवधिमा आइसीएफसी फाइनान्स कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

आज आइसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता ८१३ रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य बढेर प्रतिकित्ता २ हजार ४ रुपैयाँ पुगेका र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेर प्रतिकित्ता ६४२ रुपैयाँ पुगेको छ ।

यिनिहरू पढ्न छुटे की ?