होम » ‘जी ले जरा’ मा प्रियंका, कटरीना र आलिया एकसाथ

‘जी ले जरा’ मा प्रियंका, कटरीना र आलिया एकसाथ

by नागरिक टुडे
‘दिल चाहता है’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता सानदार फिल्म निर्माण गरिसकेको अभिनेता फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टले इन्डस्ट्रीमा २० वर्ष पूरा गरेको अवसरमा फिल्म ‘दिल चाहता है’ को फिमेल भर्सन घोषणा गरेको छ । ‘जी ले जरा’ नाम दिइएको फिल्ममा प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्टको अभिनय रहनेछ । फिल्म रोड ट्रिपमा आधारित हुनेछ ।
अभिनेता फरहान अख्तरले निर्देशित गर्ने फिल्मलाई २०२३ मा रिलिजको लक्ष्य राखिएको छ । जोया अख्तर, फरहान अख्तर र रीमा कागतीले लेखेको फिल्मलाई रीमा कागती, जोया अख्तर, रितेश सिधवानी र फरहान अख्तरले निर्माण गर्नेछन् । ‘दिल चाहता है’ २० वर्षअघि आजकै दिन प्रदर्शनमा आएको थियो । फिल्ममा आमिर खान, सैफ अलि खान र अक्षय खन्नाको अभिनय थियो ।
‘दिल चाहता है’ बाट फरहान अख्तरले १० वर्षपछि फिल्म निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्म ‘डन २’ पछि उनले निर्देशन छाडेर अभिनयलाई प्राथमिकता दिँदै आएका थिए । उनी अभिनीत फिल्म ‘तूफान’ हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । पहिलो पटक बलिउडका तीन सुन्दरी (प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्ट) ले एकसाथ काम गर्न लागेका हुन् ।

यिनिहरू पढ्न छुटे की ?