होम » असाधारण जनमतबाट फेरि म आउँछु : केपी ओली

असाधारण जनमतबाट फेरि म आउँछु : केपी ओली

by नागरिक टुडे

एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू पुन म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका हुन् ।  ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’ओलीको भनाइ छ ।

उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताएका हुन् । उनले देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए ।

यिनिहरू पढ्न छुटे की ?