होम » झण्डै दुई किलो चाँदीका गहनासहित एक पक्राउ

झण्डै दुई किलो चाँदीका गहनासहित एक पक्राउ

by नागरिक टुडे

करिब दुई किलो चाँदीका गरगहनासहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय

पोखरियाको टोलीले पर्सा जगन्नाथपुर गाउँपालिका-२ बाट एक किलो ९७० ग्राम गहनासहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जगन्नाथपुर-२ का १९ वर्षीय सोनुकुमार सोनार रहेका छन्। शंकास्पद रुपमा हिँडिरहेका उनले बोकेको ब्यागभित्र चाँदीका गहना फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।सोनारलाई आश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको खनाले बताए।

यिनिहरू पढ्न छुटे की ?