होम » ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

by नागरिक टुडे

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा एक हजार पाँच सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार  पाँच सय ५० रहेको छ ।     त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२६५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२४० कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?