होम » स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से ०.६६ अंकले बढेर तीन हजार एक सय ८ दशमलब १३ विन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार आज १४ अर्ब ३० करोड ८१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६ समूहको बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सलव पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

त्यसैगरि, आज युनियन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र छ्याङिद हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको शेयरमूल्य आज करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज एनआइसी एसिया डिभेञ्चरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ८२ करोडको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?